जब मरे भनेर किरिया गरेका छोरा १५ वर्षपछि जीवितै घर फर्किए...

नेपालगञ्ज । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयुद्ध’ मा हजारौँ युवा सहभागी भए । युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपाङ्ग भए । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन । तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन ।

परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए । रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन । नागरिक दैनिकमा लोकेन्द्र खनालले समाचार लेखेका छन । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय