४ बैशाख २०८१, मंगलबार

जीपले ठक्कर दिँदा गुल्मीमा ३ वर्षीय बालिका घाईते 

गुल्मी । गुल्मीमा जीपले ठक्कर दिँदा ३ वर्षीय बालिका घाइते भएकी छन् । जिल्लाको सत्यवति गाउँपालिका ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जीपले ठक्कर दिँदा आयुषी भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले जानकारी दिए ।

घाइते बालिकाको स्थानिय मेडिकलमा उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको घलेले बताए । बालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्