‘गुल्मी लोक तारा–२’ : कसले मार्ला बाजी ?

अधिवेशनमा राष्ट्रिय कलासँगै श्रष्टा सम्मान गरिने 

गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले सञ्चालन गरेको ‘गुल्मी लोक तारा–२’ को फाईनल भोली साउन २५ गते हुँदैछ । प्रतिष्ठानको छैठौँ अधिवेशनसँगै भोली लोक ताराको फाइनल हुन लागेको हो । बैशाख १५ बाट सुरु गरेको ‘गुल्मी लोक तारा–२०७६ सिजन २’ को फाईनलमा १० जना प्रतिस्पर्धी छन । 

मुसिकोट नगरपालिकाकी धनमायाँ राना, कालीगण्डकी गाउँपालिकाका झग बहादुर बुढा, इस्मा गाउँपालिकाका सम्झना कुँवर र गगन सिंजाली, सत्यवती गाउँपालिकाका निश्चल गुरुङ्ग गोर्खा, लालिमाया कुँवर र खिमा नेपाली, गुल्मी दरबार गाउँपालिकाका लक्ष्मण सुनार, रुरु गाउँपालिकाका कमल बिक र धुर्कोट गाउँपालिकाका खिम काउछा विजेता बन्ने होडमा छन । उच्च पुरस्कार राशिको लोक ताराको उत्कृष्ट को बन्छ भन्ने संगीतप्रेमिहरुको लागि चासोको विषय बनेको छ । उनीहरुले फाईनलमा लाईभ म्युजिकमा आफ्नो प्रस्तुती राख्नेछन । 

प्रतिष्ठानले अधिवेशनका अवसरमा राष्ट्रिय कलाकारसँगै श्रष्टा सम्मान पनि गर्ने भएको छ । प्रतिष्ठानले गुल्मीका फरक विद्याका ४ जनालाई सम्मान गर्ने छ । अधिवेशनमा विकास दुत, सरसफाई दुत, सामाजिक दुत, उत्कृष्ट पत्रकारिता पुस्कार, उत्कृष्ट सदस्य पुरस्कारले विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष जनक पन्थले धरातल अनलाईनलाई जानकारी दिए । कार्यक्रमको सम्पुर्ण तयारी सकिएको प्रतिष्ठानकी कोषाध्यक्ष शिलु भट्टराईले जानकारी दिईन । उनले कार्यक्रममा झण्डै दुई दर्जन बढि राष्ट्रिय कलाकारहरु र स्थानिय कलाहरुको सांगीतिक प्रस्तुति रहने बताईन । 

लोक ताराको विजेताले नगद रु ५० हजार, दोश्रो हुनेले नगद रु ३० हजार र तेस्रो हुनेले नगद रु २० हजारसहित कप र प्रमाणपत्र  पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले जानकारी दिए । लोक संस्कृतीको जगेर्ना र संरक्षणमा विषेश सहयोग पु¥याउँदै कुना–कन्दरामा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पु¥याउने उद्देश्यले लोक तारा आयोजना गरिएको उनले बताए । 

कार्यक्रमले पुराना सर्जकहरुलाई सम्मान, नयाँलाई प्रोत्साहन गर्न मद्दत, लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने विश्वास लिईएको छ । प्रतिष्ठानको गुल्मी शाखाले ०७१ सालमा लोक ताराको पहिलो सिजन सञ्चालन गरेको थियो । पहिलो सिजनबाट छनोट भएका उत्कृष्ट २ जनाको आफ्नै लगानीमा लोक गीत रेकर्ड र म्युजिक भिडियो निमार्ण गरिदिएको अध्यक्ष पन्थले बताए ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय