गुल्मीमा जीप दुर्घटना, ५ जना गम्भिर घाईते !

गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ गौंडाकोटमा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन । रिडिबाट तम्घासतर्फ आउँदै गरेको लु २ च ५४७५ नम्बरको जीप आज साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

दुर्घटनामा परी घाईते पाँचै जनाको अवस्था गम्भिर छ । उनीहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपकुमार बस्नेतले जानकारी दिए । घाईतेहरुको परिचय खुलेको छैन । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । स्थानीय, नेपाल प्रहरी र शसस्त्र प्रहरीले घाईतेहरुको उद्धार गरेका थिए । 

यस्तै आज विहान जिल्लाको सत्यवति गाउँपालिका ६ खैरेनी बजारमा जीपले ठक्कर दिँदा ३ वर्षीय बालिका घाईते भएकी छन ।  लु १ ज ३३९१ नम्बरको जीपले ठक्कर दिँदा आयुषी भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले जानकारी दिए । भण्डारीको अहिले पाल्पामा उपचार भैरहेको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अपडेट : अर्घाखाँचीका पाण्डेको मृत्यु, ४ को अवस्था गम्भिर 

गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ गौँडाकोटमा आज साँझ भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । भने चार जनाको अवस्था गम्भिर रहेको छ । रिडिबाट तम्घासतर्फ जाँदै गरेको लु २ च ५४७५ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ का ४६ वर्षीय हरिप्रसाद पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जानकारी दिए । 

दुर्घटनामा परी गम्भिर घाईते पाण्डेलाई उपचार गर्न पाल्पातर्फ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक अर्घाखाँची छत्रदेव गाउँपालिका ७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय, रेसुङ्गा नगरपालिका ३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका १२ का शेर बहादुर बिकको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको छ ।
 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय