सकसेको आरिस् !

खासमा सकसे, त्यस्तो आरिसे होईन् । के गर्नु, दुनियाँमा सकसेको आरिस गर्नेहरु मरेनन् । न हैजाले खायो, न दैवले खोस्यो ।  सकसेको ज्यान अलाप पर्दा दाउरो लैजान नसक्नेहरुसँग के नै नाप्न सकसेले आसिर गर्नु र ? सकसेको आरिस, आरिसेहरुको आरिसका लागि मात्र हो ।  सकसेका आँखाले सधै, अरुको लुतो, खुचुली किन देखोस् । सकसे आफ्नै आरिसे बानीको पनि गानावजाना होस् न । सकसे, आफ्नो आङको भैंसी नदेखी अर्काको आङमा जुम्रा सिकाएर हिडिरेको चर्चा छ । सकसेको मनभित्रको आँखा साँच्चै तेजिलो छ, त्यसैले सकसे, अर्काको शरीरका सूक्ष्म कुरा देखेर आरिस गर्छ । जुन आरिसे कहिल्यै निष्कर्षमा पुग्दैन ।

मान्छेहरु बडेमानको भुँडि लिएर हल्लाउँदै हिँड्छन्, सकसेलाई त्यो जाबो लादिको पनि आरिस लाग्छ । कसैका घरकी स्वास्नी घराँ, वनकी स्वास्नी बनाँ सजार बस्छन्, त्यो चाल पाएर उत्ताउलो आरिस गर्च । ड्वाँड्वाँ कराएर आफ्नो जीन्दगीको बत्ख्वाँई गर्नेहरु देखेर सकसेलाई आरिस लाग्छ । सकसे मुलाको एक दुई थोपा रगत चुस्छन् होला । त्यस्तामा पनि सकेसे आरिस गर्छ । साला सकसे, तँ, न चुनाव जित्छस, न जितेकालाई साथ दिन्छस्, दुनियाँले राज्य ढाँटेर गाँड जोडे, हातालाओ शुन्य भएको सकसे तँ शुन्यहातमा अरुको आरिस गर्छस ? दुनियाँको आसिरले जल्छस् । सकसेका भाग्याँ, न मन्त्री बन्ने भावीले श्री लेखे, न ठूलो मान्छे बन्ने जीयारी दुनियाँले देखे ।  मात्र आरिसे मनले, उता यति भष्ट्राचार गरे, यता यति खाए, भनेको छ । केकाना जनताको खुनपसिनामा सेक्युरिटि बन्ला जस्तो, अरुको रजाई नपचाएर, यसो गरे भन्च, उसो गरे भन्च । आफ्नो नपुगेको खुबीमा अरुको आरिस गरेकै हुन्छ । यस्तो लाउँच, सयमा दुई सय प्रतिशतको आरिस सकसेको मगजमा जीवित छ ।

आज दुनियाँको राजनीति, लाजनीति सकसेको आरिसे आन्दोलन हो । त्यसैले होला, सकसे न राजनीतिमा अघि लायो, न लाजनीतिमा । सकसेको प्रोफाईल वा सम्पत्ति नै आरिसको खेती हो । जस्ले जे सुकै भनेपनि सकसेको आरिस क्षणिक हो । सकसेले जे भोगेको छ, एकछिन, गाँड कोतराकोतर ग¥यो फेरि केही क्षण पछि हात मिलाएर चाेंचो चाटाचाट गर्नेहरुको हुलबथान नपचेको होला । सकसेलाई यो पनि था छ कि, ‘रिस खा आफू आरिस वा बुद्धि खा अरु ।’ अर्काको आरिस गर्नेहरु नहुने कुरामा आफैलाई आफैले सिफारिस गर्छन । यस्तै झै सकसेले सुधार्न खाजेको आफ्नै आनीबानीको पनि आरिस होला । राजनीतिदेखि बाँचनीतिसम्मको दौरानमा हैरान भएकाहरुको आरिसे प्रवृत्तिले सकसेको समाज मात्र होइन, मुलुकलाई नै गाँजेकोले सकसेको मनमा आरिस झाँगिएको होला ।

सकसेका छिमेकमा दाजुले, भाइको आरिस गर्छ, देवरानीले, जेठानीको आरिस गर्छे, नन्दभाउजूबीचको उस्तै हाई प्रोफाईलको आरिस छताछुल्ल छ । उता तिर एक पोइका दुई जोई, माननीय सौता नाता पर्नेहरुबीको आरिस त झन् कडा छ । छरछिमेक बीचको त कुरै नगरौँ, किनभने छिमेकीका घरमा मासु पकाउँदा सकसेको आरिसले घुटुघुटु थुक निल्छ । अर्काको घरको मीठो बास्ना सुँघ्दै थुक निल्नु सकसेको खानदानमा पुरानो आरिसे संस्कार हो । तर आफ्नो विजेत गर्न सक्ने सकसेले कसम अरुको छाड्नेवाला छैन । हुन पनि दुनियाँमा आरिसको पोको बोकेर नहिँड्ने को होला र ? आरिसको पोको विक्री गरेर धनी बन्न नसकिने रहेनछ तर सकसे, कोही कोही जस्तो आरिसको पोकोसँगै मनभित्र पापको फोको बोकेर बोको बन्ने मुन्छे चाई होईन ।    

सकसेको समाजले म जस्ता मान्छे पनि सदियौँदेखि पालेको छ ।  तपाईलाई आज खुस्स भनी हालुँ, कोखामा दाँत र पिठ्युँमा हात हुनेहरुको बाहुल्यताले गर्दा सकसे जस्ता आरिसेहरुको आन्दोलनले समाजमा स्याउँस्याउँती समाज खाने किराहरु जन्माएको छ । जो सकसेको गाउँदेखि सल्केर मुन्छेहरुका रहरका शहरमा, भान्सा कोठादेखि जुठ्यान, ओछ््यान र रछ्यानसम्म चाक्लिदै जान्छ । ‘रिस खा आफू बुद्धि खा अरु’ भन्ने बातले सकसेलाई नै साथ दिंदैन । तर कुन्नी आफै होंचो भएर पनि घोंचो खाने सकसेको रहर मेटिदैन ।  सकसे जस्ता आरिसेहरुको बकबकले जुनसुकै ठाउँमा पनि प्रभुत्व जमाउन खोज्छ खोज्दैन त्यो पनि था’छैन । तर सकसेको विधिविधानमा केही कमी कमजोरी हुनु, त्यसले सफलता असफलताको मतलव नराख्नु सकसेको स्वादको कुरो छैन । मन साफ भएकाले, न कसैलाई ‘साप’ भन्च, न कसैको लातले दुख्यो भनेर पाप बोली बोल्च । जे छ, सकसेको आरिसमा छ ।

सकसेले अर्काले मीठो मसिनो खाएको देख्दा पनि आरिस गरेर आन्दोलन ग्याङ अझै बनाएको छैन । यत्रो आरिस गर्ने, सकसे मुलो ! आफु राम्रो लुगा लगाउन नहुने, गतिलो गाडी चढेर हिँड्न नहुने, जस्तो सुकै भएनी समाजसेवामा लाग्न नहुने, चुनावमा भोट माउने र राज्यको चौकोसमा चढ्न नहुने, सकसेले जनताको खुन पसिनाबाट आर्जेको भत्ता खान नहुने, राज्यले दिएको सेवा सुविधा उपभोग गरेर छाँट निकाल्न नहुने, यस्तो काँ लेख्या छ । यो न नयाँ संविधानमा लेख्या छ न सकसेको पुम्पुरोमा लेख्याछ । भाग्य लेख्ने भावीले लेख्न विर्सेको भानी साला त्यो भावी त्यही पल्लो गाउँमा त थेंचारिएको छ, गन्केर गएर सकसेले लेखाइ उरी आउन सक्ने दम सकसेमा छ ।

सकसेको आरिसमा अरु जस्तो  स्वास्नी अर्कोले लग्देनी आन्दोलन, छाडा कुकुरले घरकी कुकुरनीसँ मायाँ लाएनी आन्दोलन, खोरको कुखुराले पल्लो घरको कुल्छेंडाबाट किरो टिपेर हिंड्दानी आन्दोलन, बेफ्वाँकको हसुरेर पेटदुखेनी आन्दोलन, लुट्न पाएनी किन लुटाईस भनेर आन्दोलन, नपाएनी किन दिईनु भनेर आन्दोलन । बाहिर बाहिर साखे, भित्र भित्र माखाचित्तेहरु मनमा कीरा पर्दानी आन्दोलन, सस्तो जीन्दगीको महंगो बिजेत भएन भन्ने पनि आन्दोलन गर्ने आरिसे आन्दोलन सकसे गर्नेवाला छैन । सकसेको जस्तै आरिसे बानी परेका आरिसेहरु समाजबाट टाढिन यसो गरेका होलान वा समाजमा स्थापित हुनका त्यस्तो आरिस उनीहरुको गर्भभित्र छ । अब अर्काको गर्भभित्रको आरिस सकसेले के जानोस् ।

सकसेलाई यत्ति था’छ, उसको गाउँमा आरिसेहरुको जमघट हुने ऐतिहासिक थातथलो हो । यहाँका माइकालाल ! हुँदै तेस्कि माठास्नी भुई फोरुवा साईद्वाहरुहरुका पालादेखि एकापसमा आरिस गर्दै आएकोले सिंडिको पिंडिमा टेकेर, सकसेले बीडो थामेको हो सकसेले अरु केही नाप्या होईन । सकसेको देशाँ पनि नेतादेखि कार्यकर्तासम्म र कार्यकर्तादेखि सकसेका गाउँले जस्ता मागीखाने जनता, मतदातासम्म आरिसको पोको डोको डोकामा बोकेर कुद्नेहरुको खलक हो सकसे । यसकारण अरुको आरिस गर्च । अन्यथा सकसेको आरिसले केहीजात नाप्दैन ।   

#सवै भाग पढ्न


सकसेको सकस धरातल अनलाईनको व्यङग्यात्मक साप्ताहिक स्तम्भ हो । यो स्तम्भ पढिसकेपछि जस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । Email : [email protected]

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय