लक्ष्मण सुनार बने ‘गुल्मी लोक तारा–२’ 

गुल्मी । दोश्रो गुल्मी लोक तारा गुल्मी दरबार गाउँपालिकाका लक्ष्मण सुनार बनेका छन । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले सञ्चालन गरेको ‘गुल्मी लोक तारा–२०७६, सिजन २’ को शनिबार भएको फाईनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै सुनार लोक तारा बनेका हुन । दोश्रो गुल्मी लोक तारा बनसँगै उनले नगद ५० हजार हात पारे ।

उत्कृष्ठ बनेका सुनारको शैली क्रियशनका रामचन्द्र चन्दलेले गीतको अडियो, साथी मिडियाले भिडियो, गीतकार हुम गैरेले गीतको शब्द तथा गायक खुमन अधिकारीले गीतको लय तयार गरिदिने र गायक पुश्कल शर्माले गीतमा अभिनय गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बैशाख १५ गतेबाट प्रतिष्ठानले जिल्लाका विभिन्न ठाउँमा पुगि अडिसन सञ्चालन गरेको थियो । पहिलो चरणमा १ सय ६७ जना, दोश्रो चरणमा ३५, तेस्रो चरणमा २१ हुँदै अन्तिम (फाईनल) चरणका लागि १० जना छनोट भएका थिए । 

फाईनलमा प्रतिस्पर्धीहरुले लाईभ बाजामा आफ्नो प्रस्तुती राखे । लोक तारामा गोर्खाका निश्चल गुरुङ्ग दोश्रो, सत्यवति गाउँपालिकाकी लालिमायाँ कुँवर तेस्रो र मुसिकोट नगरपालिकाकी धनमायाँ राना चौथो भए । दोश्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद हात पारे । प्रतिष्ठानले आफ्नो छैठौँ जिल्ला अधिवेशनसँगै ‘गुल्मी लोक तारा–२’ को फाईनल गरेको थियो । फाईनलमा प्रतिष्ठानका केन्द्रिय सचिव खुमन अधिकारी, सदस्य पुस्कल शर्मा, अञ्चल संयोजक लक्ष्मण खड्का र सदस्य खुमबहादुर खत्रीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । 

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, प्रदेश ५ का पूर्व अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु हुम गैरे, नारायण बिपि परियार, उज्जवल गिरी, रामप्रसाद पौडेल, नन्दु परियारलगायत दुई दर्जन बढी सहभागी थिए । लोक संस्कृतीको जगेर्ना र मौलिक लोक भाकाहरुको संरक्षणमा विषेश सहयोग पु¥याउँदै गाउँघरमा लुकेका प्रतिभालाई अगाडी ल्याउन लोक तारा सञ्चालन गरिएको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्तले बताए ।  प्रतिष्ठानको गुल्मी शाखाले ०७१ मा ‘गुल्मी लोक तारा’ को पहिलो सिजन सञ्चालन गरेको थियो । 

प्राप्त प्रतिकृयाहरू

padam sunar लेख्नुहुन्छ (२०७६ श्रावण २९ बुधबार ६:३२ pm )

congratulation

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय