१५ चैत २०८०, बिहीबार

प्रतिष्ठान गुल्मीको अध्यक्षमा खत्री 

गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाको अध्यक्षमा बसन्त खत्री चयन भएका छन् । शनिबार भएको प्रतिष्ठान गुल्मीको छैठौं जिल्ला अधिवेशनबाट खत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला कार्य समितिको चयन गरिएको हो ।

कार्य समितिको वरिष्ठ उपाध्यक्ष शिलु भट्टराई, द्धितिय उपाध्यक्ष प्रकाश बस्नेत, महिला उपाध्यक्ष सञ्जीवनी अर्याल, सचिव भुवन भुसाल, सह–सचिव सुरज खरेल, कोषाध्यक्ष इश्वरी कंडेल र सह–कोषाध्यक्ष श्रीधर पोखरेल चयन भएका छन । प्रतिष्ठानले सहमति मै नयाँ कार्य समितिको टुंगो लगाएको हो ।  

लक्ष्मण सुनार बने ‘गुल्मी लोक तारा–२’ 

‘गुल्मी लोक तारा–२’ गुल्मी दरबार गाउँपालिकाका लक्ष्मण सुनार बनेका छन । प्रतिष्ठानले सञ्चालन गरेको ‘गुल्मी लोक तारा–२०७६, सिजन २’ को शनिबार भएको फाईनलबाट सुनार दोश्रो लोक तारा बनेका हुन । दोश्रो गुल्मी लोक तारा बनसँगै उनले नगद ५० हजार हात पारे ।

उत्कृष्ट बनेका सुनारको शैली क्रियशनका रामचन्द्र चन्दलेले गीतको अडियो,साथी मिडियाले भिडियो, गीतकार हुम गैरेले गीतको शब्द तथा गायक खुमन अधिकारीले गीतको लय तयार गरिदिने र गायक पुश्कल शर्माले गीतमा अभिनय गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गरेका छन । फाईनलमा प्रतिस्पर्धीहरुले लाईभ बाजामा आफ्नो प्रस्तुती राखे । लोक तारामा गोर्खाका निश्चल गुरुङ्ग दोश्रो, सत्यवति गाउँपालिकाकी लालिमायाँ कुँवर तेस्रो र मुसिकोट नगरपालिकाकी धनमायाँ राना चौथो भए । दोश्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद हात पारे । 

बैशाख १५ गतेबाट प्रतिष्ठानले जिल्लाका विभिन्न ठाउँमा पुगि अडिसन सञ्चालन गरेको थियो । पहिलो चरणमा १ सय ६७ जना, दोश्रो चरणमा ३५, तेस्रो चरणमा २१ हुँदै अन्तिम (फाईनल) चरणका लागि १० जना छनोट भएका थिए । प्रतिष्ठानले आफ्नो छैठौँ जिल्ला अधिवेशनसँगै ‘गुल्मी लोक तारा–२’ को फाईनल गरेको थियो । फाईनलमा प्रतिष्ठानका केन्द्रिय सचिव खुमन अधिकारी, सदस्य पुस्कल शर्मा, अञ्चल संयोजक लक्ष्मण खड्का र सदस्य खुमबहादुर खत्रीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । 

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, प्रदेश ५ का पूर्व अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु हुम गैरे, नारायण बिपि परियार, उज्जवल गिरी, रामप्रसाद पौडेल, नन्दु परियारलगायत दुई दर्जन बढी सहभागी थिए । 

धरातलकर्मी खत्री सम्मानित

धरातलकर्मी अनिल खत्री सम्मानित भएका छन । प्रतिष्ठानको अधिवेशनका अवसरमा पत्रकार खत्रीलाई साँगितिक क्षेत्रमा कलम चलाएको भन्दै ‘लोक पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको हो । एक दशकदेखि गुल्मीमा रहेर पत्रकारिता गर्दै आएका धरातलकर्मी खत्री महासंघ गुल्मीका उपाध्यक्ष समेत हुन । उनले राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा काम गर्दै आएका छन ।

प्रतिष्ठानका केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा र गुल्मी शाखाका अध्यक्ष जनक पन्थले उनलाई नगद र सम्मान पत्रले सम्मान गरे । प्रतिष्ठानले प्रत्येक वर्ष आफ्नो अधिवेशनको अवसरमा एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा अन्य तीन जनालाई पनि सम्मान गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा सवैभन्दा पहिले मोटरबाटो ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मदाने गाउँपालिका १ का बैकुण्ठबहादुर चन्द र सिभिल इन्जिनियर रेसुङ्गा नगरपालिका ८ का हिराबहादुर भलामी र प्रतिष्ठान गुल्मीका संस्थापक एवं निर्वतमान अध्यक्ष रेसुङ्गा नगरपालिका १३ का खुमबहादुर खत्रीलाई पनि सम्मान गरिएको छ । चन्द र भलामीलाई जिल्लाको बिकासको निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै ‘विकास दुत’ र खत्रीलाई प्रतिष्ठान गुल्मीमा रहेर कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै शाखाले संस्थालाई सहयोग गर्दै आएका प्रतिष्ठानका केन्द्रिय निर्वतनमान अध्यक्ष चन्द्र शर्मा, पत्रकार मदन खनाल, उत्कृष्ट सदस्यतर्फ प्रकाश बस्नेत, सञ्जीवनी अर्याल र समाजसेवी मानबहादुर श्रेष्ठलाई पनि सम्मान गरिको छ । कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गरेको ‘गुल्मी लोक तारा–२’ सम्पन्न गर्न सहयोग गर्ने संस्थालाई पनि सम्मान गरिएको छ ।

लोक संस्कृतीको जगेर्ना र मौलिक लोक भाकाहरुको संरक्षणमा विषेश सहयोग पु¥याउँदै गाउँघरमा लुकेका प्रतिभालाई अगाडी ल्याउन लोक तारा सञ्चालन गरिएको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्तले बताए ।  प्रतिष्ठानको गुल्मी शाखाले ०७१ ‘गुल्मी लोक तारा’ को पहिलो सिजन सञ्चालन गरेको थियो ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्