१६ चैत २०८०, शुक्रबार

सत्यवतिका पहिरो पिडितहरुका लागि राहत हस्तान्तरण

गुल्मी । जिल्लाको सत्यवति गाउँपालिकाका पहिरो पिडितहरुका लागि राहत हस्तान्तरण गरिएको छ । ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्रध्यापक हरि दर्लामीको सक्रियतामा स्वीजरल्याण्डमा संकलन गरिएको करिब साढे आठ लाख मुल्य बराबरको राहत सामग्री गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरिएको छ ।

सो मुल्य बराबरको ५ थान टेन्ट, २२ थान सिलपाउलिन, ११ थान टरपाउलिन र ८० थान चार्जयवल लालटिन पिडितहरुका लागि हस्तान्तरण गरिएको हो । 

यसैगरी मगर इन्जिनियरर्स आकिटेक्स र काठमाडौंमा बस्दै आएका रिमुवावासीहरुले संकलन गरेको तीन लाख पाँच हजारको चेक समेत हरि दर्लामीले गाउँपालिकाका अध्यक्ष ढकाललाई हस्तान्तरण गरे ।

यस्तै गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउ शाखाले पिडितहरुका लागि जस्तापाता सहयोग गरेको छ । लिम्घाका पहिरो पिडितहरुका लागि ३ लाख मुल्य बराबरको २९ बन्डल जस्तापाता विपि फाउण्डेसल प्रदेश नं. ५ का सह–संयोजक बिष्णुकुमारी सापकोटाले गाउँपालिकाका अध्यक्ष ढकाल र वडाध्यक्ष दान बहादुर रानालाई हस्तान्तरण गरिन । 

यस्तै नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समिति र नेपाली काँग्रेस महिला विभागले संयुक्त रुपमा नगद रु १० हजार सहयोग गरेको छ ।

यस्तै पहिरो पिडितलाई गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले समेत आर्थिक सहयोग गरेको छ । रोजगारीको शिलशिलामा अष्टे«लियामा रहेका नेपालीहरुले संकलन गरेर पठाएको नगद रु २ लाख २९ हजार सापकोटाले गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेकी हुन ।

कौरव खत्रीबाट
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्