कसले झिक्यो बोबाङका ‘रेडियो’ को ब्याट्री ?

बागलुङ । बोबाङमा २००८ सालमा जन्मेका भानबहादुरलाई गाउँका मान्छेले रेडियो भनेर नाम राख्दिए ।  सूचना र सञ्चारको दुनियाँका पहिले-पहिले रेडियो नेपाल सुन्ने गरेका भानबहादुर रेडियोमा जस्तै गित गाउथे, समाचार भन्थे अनी आफ्नै तालमा अंग्रेजी समाचारसमेत भन्दै हिँड्थे । उनको यो स्वभावपछि स्थानीयले भानबहादुरको नामै रेडियो राखिदिए । 

शनिवार राति बोबाङका रेडियोको कुन दैवले व्याट्री निकालिदियो । अब कहिल्यै गीत नगाउने गरि, कहिल्यै समाचार नभन्ने गरि उनी र उनकी श्रीमती एकैसाथ अस्ताएका छन् । उनै भानबहादुरसँग धरातलकर्मीले करिब एक महिनाअघि प्रत्यक्ष भेटमा गरेको सात्क्षात्कारमा आफ्नो नाम ‘रेडियो’ भनेर बोलेका थिए । धरातलकर्मीसँग आफ्नो नाम रेडियो भनेर परिचय बताउने भानबहादुर अर्थात, बोबाङका ‘रेडियो’ अब नसुनिनेगरी अस्ताएका छन् । भानबहादुरलाई बोबाङका स्थानीयले ‘रेडियो’ भन्थे, अब त्यसरी बोलाउने मान्छे कहिल्यै नभेटिने गरि मेटिए ।

गत शनिवार राति कसको धारिलो हतियार प्रहारपछि हत्या भएको खबर छ । गाउँघरका हँसमुख भानबहादुर दम्पतिको निर्मम हत्या पछिको रहस्य के हुन सक्छ ? बोवाङवासीको सर्वाधिक चासो बनेको छ । आर्थिक लेनदेन, लुटपाट, पुरानो रिसिबी वा अरु कुनै कारणले उनी र उनकी श्रीमतीको यसरी नृशंसा हत्या गरिएको हो । बोवाङबासीलाइ चासो हुन स्वभाविकै हो । भानबहादुरको मृत शरीर मकैबारीमा भेटिनु र उनकी श्रीमतीको रक्तरन्जित मृत शरीर घर भित्रै रहनुले अपराधीले निर्ममतापूर्व दम्पतिको ज्यान लिएको देखिन्छ । 

जीवन कालमा अनेकन दुःख कष्टको सामना गरेका उनलाई भेट्दा, परिचयमै रेडियो नाम बताएपछि, सबैलाई अनौठो लाग्नु स्वभाविक हो । गाउँ छिमेकमा गीत गाउँने, रेडियोमा जस्तो गरि समाचार भट्याउने र रमाइलो गरि अंग्रेजी समाचार समेत पढेर दुनियाँ हँसाउने भानबहादुर अर्थात रेडियोको श्रीमतीको पनि हत्या भएको छ । यो जघन्य अपराध कसले, के आशयले ग¥यो, त्यसको अनुसन्धान प्रहरीले गर्दैछ । भानबहादुर अर्थात बोबाङका रेडियोको, गत मंसिरमा ढोरपाटनको नवीमा भएको भिषण आगलागीमा परी घर जलेको थियो । अहिले जलेको घर पनि निर्माण गरिसकेका थिए । उनको घर छेउको आलुवारीमा यो संवाद हुँदै गर्दा जलेको घर बनाएको कहानी खुलेर धरातलकर्मीसँग बताएका थिए  ।
 
भानबहादुरको जस्तै ढोरपाटनको नवीमा अरु ३१ परिवारको ३९ घर जलेका थिए । घर निर्माणमा ढोरपाटन नगरपालिका र नगर प्रमुखको सहयोग थियो । त्यो सहयोगपछि कसरी घर निर्माण भयो ? भन्ने सवालमा उनले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नगरपालिकाले ठूलो सहयोग गरेको कुरा खुलेरै बोलेका थिए । ‘रेडियो’ ले भने, “१५/२० दिनमा घर त बन्यो । जहाँबाट जे जति सहयोग पाए, सबै उनले घर बनाउँदा खर्च गरे ।” 
 
बोबाङ गाउँको रमाइलो मान्छे, आज अस्ताएको छ । सबैको मायाँले रेडियो नै नाम राखिएका भानबहादुरको, दैवले व्याट्री फेर्न नमिल्ने गरि झिकिदिएको छ । रेडियोसँगै उनकी जीवनसँगीनीको पनि सँगै बोबाङको खरिया स्थित आफ्नै घरमा निर्मम हत्या गरिएको प्रहरीको दावी छ । उमेरले ७० प्रवेश गर्दै गरेका, वृद्ध दम्पतिको किन हत्या गरियो ? भन्ने रहस्यको खोजी आवश्यक छ । त्यो निर्दयी जसले वृद्ध दम्पतिको ज्यान लियो, उसको खोजितीनि र अनुसन्धानपछि, राज्यले छिटो कार्वाहीको दायरामा ल्याउन सकोस् । यसरी अनाहकमा ज्यान गुमाउन पुगेका वृद्ध दम्पतिप्रति हाम्रो श्रद्धासुमन, दुःखको यस क्षणमा परिवारजनप्रति हार्दिक समवेदना ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय