तमानखोलाका पहिरो पीडितलाई जनमोर्चाले बाँडयो राहत 

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले तमानखोला गाउँपालिका ४ लाममेलाका पहिरो पीडितहरुलाई राहत बाँडेको छ । गत श्रावण १९ गते राति पहिरोमा पुरिएर ज्यान गुमाएका तथा घाईतेको परिवारहरुलाई जनमोर्चाले २५ हजार रुपैयाँ नगद प्रदान गरेको हो । पहिरो पिडित पाँच घरपरिवारलाई प्रति परिवार  रु ५ हजारका दरले राहत वितरण गरिएको जिल्ला उपाध्यक्ष धर्म बहादुर कवँरले जानकारी दिए ।

लाममेलामा शिवपुरी–सन्तरमा मोटरबाटोको ट्रयाक खोलिएको थियो । सोही बाटोको ढिक भत्किएर त्यहाँका ५ घर परिवार विस्थापित भएका हु्न।  पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए भने सात जना घाईते भएका थिए । पहिरोमा देवेन्द्र श्रीपाली, बिर्खबहाखुर श्रीपाली, ओम बहादुर श्रीपाली र गमबहादुर श्रीपालीको घरगोठ पुरिएको हो । 

कुशुम मल्लबाट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय