न्यू मोर्डन एकेडेमीका एसईई टपर विद्यार्थीको उत्कृष्ठ नतिजा कायमै !

बागलुङ । न्यू मोर्डन एकेडेमी बुर्तिबाङबाट २०७३ सालमा एसईई दिएका लक्ष्मण शर्मा ३ दशमलव ७ जिपिए अर्थात ए प्लस मा उत्तीर्ण विद्यार्थी हुन् । उनी अहिले कक्षा १२ मा पनि उत्कृष्ट नतिजा लिएर २५ जनाको सूचीमा परेका छन् । काठमाडौं मोडेल कलेजमा अध्ययनरत एकेडेमीका पूर्व विद्यार्थी शर्माले कक्षा १२ मा ३ दशमलव ७८ जिपिए ल्याएका हुन ।

ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङमा घर भएका शर्मालाई कलेज एसोशिएसन अफ काठमाडौंले हार्दिक होटलमा एक कार्यक्रमका बीच सम्मान समेत गरेको छ । नेपालका सबै कलेजहरुमा अध्ययनरत विद्यार्थीहरु मध्ये कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका २५ जनालाई एशोसियसनले हरेक वर्ष सम्मान गर्ने गरेको छ । शर्मालाई निःशुल्क अध्ययनका लागि विभिन्न कलेजहरुले आमन्त्रण समेत गरेको उनका बाबा चिन्तामणी शर्माले बताए । शर्माका अनुसार छोराको सिए अध्ययन गर्ने चाहना रहेकोले सोही अनुसारको तयारी रहेको समेत बताए ।
 
न्यू मोर्डन एकेडेमीबाट अहिलेसम्म उत्कृष्ट नतिजा ल्याउनेको संख्या २१ पुगेको एकेडेमीका प्रिन्सिपल दीपक कुवँरले बताए । एकेडेमीमा अध्ययन गरेका पूर्व विद्यार्थी ढोरपाटन ३ का सागर विश्वकर्मा अहिले निःशुल्क छात्रवृत्तिमा काठमाडांैको त्रिवि शिक्षण अस्पतालमा एमविविएस अध्ययनरत छन् । यस्तै यस वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने हरी अर्याल काठमाडौंको द टाईम्स ईन्टरनेशनल कलेजमा अध्ययनरत छन् । अर्यालले एसइइमा एकेडेमीबाट धौलागिरीमै उत्कृष्ट नतिजा ४ जिपिए ल्याएका छन् ।

उता न्यू मोर्डनबाटै उत्कृष्ट नतिजा ल्याएका सागर विक काठमाडौंको त्रिभुवन विश्व विद्यालय अन्तरगत आइओएम शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययन पछि अहिले पूर्ण छात्रवृत्तिबाट एमविविएस अध्ययन गर्दैछन् । शिक्षण अस्पताल काठमाडौंमा उनी ३६ जनाको कोटामा एमविविएस अध्ययन गरिरहेका छन् । न्यू मोडैनबाट उत्कृष्ट अंक ल्याएर अध्ययनमा रहेका सबै विद्यार्थीहरु डाक्टर, ईञ्जिनियरिङतर्फ रहेको एकेडेमीका प्रिन्सिपल कुवँरले बताए ।   
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय