१६ चैत २०८०, शुक्रबार

दाङमा घुस लिने शिक्षक पक्राउ

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले दाङमा एक शिक्षकलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ स्थित रझेना माध्यमिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको टोलीले घोराहीको एक होटेलबाट सोमबार नियन्त्रणमा लिएको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक विद्यार्थीबाट रु १० हजार लिइरहेको अवस्थामा पक्राउ गरेको आयोग कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । रुकुम सिस्ने स्थायी घर भएका शिक्षक केसी अङ्ग्रेजी विषयका शिक्षक हुन । केसी दुई वर्षअघि मात्रै रझेना माविमा राहत शिक्षकको दरबन्दी प्रवेश गरेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्