७ बैशाख २०८१, शुक्रबार

रोट्रयाक वुद्धभुमीमा दोहोरिए खनाल

कपिलवस्तु । रोट्रयाक क्लव वुद्धभुमीको अध्यक्षमा प्रदीप खनाल दोहोरिएका छन । गत वर्ष गठन भएको क्लवको पहिला वार्षिकोत्सवमा खनाललाई पुनः २०१९।२० को लागि नेतृत्व प्रदान गरिएको हो । युवाहरुको सक्रियतामा गठन भएको क्लवले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै कार्यक्रमका वक्ताहरुको प्रशंसा गरे ।

वुद्धभुमी नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले क्लवले सामाजिक कार्यमा प्रशंसनीय कार्य गरेको जिकिर गरे  । कार्यक्रममा क्लबलाई सहयोग गरेकाहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्