७ बैशाख २०८१, शुक्रबार

नेकपा रिघाको भेला तथा बैठक 

बागलुङ । नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गल्कोट नगरपालिका ११ रिघाको वडा भेला तथा वैठक ठूलो रिघामा सम्पन्न भएको छ  भेलाको उद्घाटन गर्दै नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य फमलाल न्यूरेले पार्टि जनआकंक्षा भन्दा वाहिर हुन नसक्ने बताए । उनले राजनितिकर्मी जनताको दुःख सुखको साथी भएको भन्दै सवै कार्यकर्तालाई सामाजिक सेवामा लाग्न आह्वान गरे । 

त्यस्तै जिल्ला कमिटि सदस्य गंगा भुजेलले कार्यकर्ताको व्यवहार सिद्धान्त निष्ठ हुनुपर्ने भन्दै पार्टि निर्माणमा लाग्न आग्रह गरे । बैठकमा नेकपा गल्कोट नगरकमिटि अध्यक्ष ललित श्रीस थापा, नगरकमिटि सचिव डम्बर श्रीस, युवा नेता दान वहादुर श्रीस, पूर्व गाउँकमिटि अध्यक्ष धिरेन राजवंशिलगायतले प्रशिक्षणात्मक भनाई राखे । भेलाले साविक वडा नं. ४ मा खिम बहादुर विकको संयोजकत्वमा ४५ सदस्यिय टोल संगठन कमिटिको गठन गरेको छ । जसको सचिवमा नर वहादुर विक चयन भएका छन । 

त्यस्तै साविक वडा नं. ५ मा दुर्गा वहादुर विक संयोजकत्व र भिम बहादुर श्रीस सचिव रहेको १५ सदस्यिय टोल संगठन कमिटिको गठन गरिएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्