६ बैशाख २०८१, बिहीबार

पहिरो प्रभावित विद्यार्थी अझै शोकमा 

प्रार्थनाबाटै मौन धारण गरेर बिदा

गुल्मी । कोठाभर पहिरो प्रभावित परिवार । ग्राउण्डभरी बिद्यार्थी । धर्मपुर माविसहित सत्यवति गाउँपालिकाका सवै बिद्यालय मंगलबार खुले । पहिरो प्रभावित क्षेत्रका बिद्यार्थीहरुको झोलामा किताब कापी मात्रै थिएनन् । त्यो संगै मन र मतिष्कमा बेदना बोकेका थिए । ‘बर्खे बिदा भएको नौ दिनमा गाउँमा प्राकृति बिपत्ती प¥यो’ सिङदी गाउँका बिनोद विकले भने, ‘अहिले गाउँ घर र मन दुवै चर्किएको छ तर पनि बिद्यालय गयौँ ।’ बुधबार बिहानै प्राथनामा आउने धेरै बिद्यार्थीको अनुहारमा खुसी थिएन् । धर्मपुर माविका साढे चार सय बिद्यार्थी मध्ये ९० प्रतिशत बिस्थापित छन् । धेरै जनाले धर्मपुरमै आश्रय लिएका छन् । 

पहिलो दिन ग्राउण्डमै हाजिर भए । त्यहि ठाउँमै शोक मनाए र घर गए । धर्मपुर माविका सहायक प्रध्यानाध्यापक जुक्त बहादुर थापाले शोक र प्रार्थना गरेर बिद्यार्थी बिदा गरेको बताए । बिद्यालयमा बिस्थापित परिवार बसेको र त्यस मध्येका अधिकांश बिद्यार्थी सोहि परिवारको रहेको, बिद्यार्थीहरु मानसिक रुपमा बिचलित भएका कारण १ भदौसम्मको लागि पुन बिदा गरिएको सहायक प्रध्यानाध्यापक थापाले बताए ।

शोकमा बिद्यालय : मर्ने सवै दलित

धर्मपुर मावि बुधबार खुल्यो । बबि विक बिद्यालय आएनन् । तीन जना बिद्यार्थी बिनाको पुष्प मोहन प्रावि शोकमै रह्यो । सरस्वति माविमा पनि एक जना बिद्यार्थीको अनु–उपस्थितीले न्यास्रो महसुस भयो । एक महिने बर्खे बिदासंगै पाँच बिद्यार्थी सदाका लागि बिदा भए । गत २७ असारदेखि २८ साउनसम्म सत्यवतिका सवै बिद्यालय बन्द थिए । बिद्यालय बन्द भएको नौ दिनमै गाउँमा ठूलो प्राकृतिक बिपत्ति प¥यो । 

गत साउन ६ गते रातिको अविरल बर्षासंगैको पहिरोमा सत्यवति ३ ठुलोलुम्पेकको धर्मपुर माविको कक्षा ९ मा पढ्ने बबि विक, वडा नं ४ लिम्घाको सरस्वति माविको कक्षा ४ मा पढ्ने अञ्जली विक, पुष्प मोहन प्राविको कक्षा २ मा पढ्ने शिवानी विक, नर्शरीमा पढ्ने हिमान्सु र तारा विकले एकै रात ज्यान गुमाए । दैवको खेल पनि अच्चमको छ । मर्ने सवै बिद्यार्थी दलित परिवारका छन् ।  

मौन धारणमा मन थामिएन

बुधबार मौन धारणमा धर्मपुर माविका शिक्षक र बिद्यार्थीका आँखा रसाए अनि गला अबरुद्ध भए । पहिरोमा ज्यान गुमाएका बविका आफन्त समेत रहेका छिमेकी बिनोद विक लाइनबाटै बाहिरिए । ‘बबिलाई फेरि सम्झिएँ, सधैसंगै सुत्थौँ, बिद्यालयमा पनि एउटै बेञ्च र लाइन हुन्थ्योे,’ सत्यवति ३ ठुलोलुम्पेकका बिनोद विकले भने, ‘मौन धारणमा मन थामिएन आँसु पुच्छदै बाहिर आएँ ।’ बवि बिद्यालयका राम्रा भलिवल खेलाडी समेत हुन् । अविरल बर्षासंगैको पहिरोले आमा माया विकसंगै बबिलाई बगायो । 

सिद्ध प्राविको पढाई अन्यौलमै

पहिरोले बगाएको सत्यवति ३ को सिद्ध आधारभुत प्रावि । तस्विर : टोपलाल अर्याल/धरातल

सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकको सिद्ध आधारभुत प्राविका बिद्यार्थीको पहिरोले बगाउँदा बिद्यार्थीको पढाई अन्यौलमा परेको छ । पहिरोले सिद्ध आधारभुत प्राविको चार कोठे भवन बगाएको छ । भने अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको बिद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् । बिद्यालयको तलबाट पनि पहिरो गएको छ । भने खेल मैदानमा पहिरोले भरिएको छ । सिद्ध आधारभुत प्राविमा ५१ जना बिद्यार्थीले अध्ययन गर्दै आएका थिए । 

सत्यवति गाउँपालिकाका सामाजिक विकास समिति संयोजक भिमलाल पाण्डेयले तत्काल बिद्यालय गर्ने कुनै सम्भावना नभएकाले अस्थायी वस्ती विकाससंगै टहरो निर्माण गरेर पठनपाठन गराउने बताए । पहिरोले बिद्यालय मात्रै बगाएको छैन् । सिद्ध प्राविमा पढ्ने बिद्यार्थीहरुको घरमा पनि पहिरोले क्षति पु¥यााएको छ । कैयौ बिद्यार्थी र परिवार बिस्थापित छन् । 

जोखिम मोल्दै पढाई सञ्चालन

पहिरोले सत्यवति गाउँपालिकामा ठुलो क्षति पु¥याएको छ । सत्यवति ३ को सिद्ध आधारभुत प्राविमा पढाईनै सञ्चालन भएको छैन् । धर्मपुर माविमा अझै बिस्थापित परिवार छन् । भने वडा नं २ को गगनपुर आधारभुत प्राविको भवन चर्किएको छ । वडा नं ४ को पुष्म मोहन प्रावि पनि जोखिममा रहेको छ ।  माथी पहाड र नजिकैबाट पहिरो गएकाले धेरै अभिभावक र बिद्यार्थी पानीका थोपा परे पनि हतास हुने स्थिती रहेको प्रध्यानाध्यापक कुमार नेपालीले बताए ।

अहिले तत्काल व्यवस्थापनको विकल्प नभएकाले जोखिम मोलेरै भएपनि बिद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको सत्यवति गाउँपालिकाको शिक्षा अधिकृत रेनु गैरेले बताइन् । त्यस्तै मनकामना प्राविमा समेत पहिरोको लेदो थुप्रिएको छ । पानी परे दुवै बिद्यालयमा बिद्यार्थी पढाउने स्थिती नभएको गैरैले बताइन् । उनले पहिरो प्रभावित बिद्यालयले मृत्यु भएका बिद्यार्थीको शोक मनाउँदै थप व्यावस्थापनको लागि केहि दिन बिदा गरेको जानकारी गराइन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्