६ बैशाख २०८१, बिहीबार

अपाङ्गको घर निमार्णमा सहयोग

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका ७ की सीता पन्थीको घर निर्माणका लागि एक संस्थाले आर्थिक  सहयोग गरेको छ । शारिरीक रुपमा अपाङ्ग र आर्थिक अवस्था निकै कमजोरी भएकी सीताको घर निमार्ण गरिदिनका लागि चौतारी लघुवित्त वित्तिय संस्थाले रु ५० हजार सहयोग गरेको हो ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र मार्फत प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले चेक हस्तान्तरण गरे । उनले चौतारी लघुबित्त संस्थाले गरेको सानो सहयोगले उनको घर निर्माणमा ठुलो सहयोग पुग्ने भन्दै सहयोगी हातहरु अगाडी बढाउन आग्रह गरे । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्