सरकार असफल

बुटवल । नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधिले वर्तमान सरकार चौतर्फि रुपमा असफल बनेको दावी गरेका छन । सरकारले विकास र अधिकारका क्षेत्रमा काम गर्न नसकेको बताउँदै उनले वर्तमान सरकार जनताको नजरमा समेत असफल सिद्ध भैसकेको बताए ।

नेपाली जनताको आँखामा छारो हालेर मत लिएको ओली नेतृत्वको सरकारले एउटा पनि उदाहरणिय कार्य गर्न नसकेको उनले बताए । दुई वर्ष भन्दा बढि समय सत्तामा बस्दा काम गर्न नसक्ने सरकारले उल्टै जनताको अधिकार खोस्ने प्रयास गर्नुले सरकार निरकुशताको वाटोमा हिड्न थालेको प्रष्ट भएको निधिको दाबी छ ।

रिर्पोटस क्लवले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निधिले लोकतन्त्र मास्न लागि परेको सरकारविरुद्ध खवरदारी गर्नु पर्ने वेला आएको बताए । उनले कम्युनिष्टहरुको चरित्र नै निरकुश भएको बताए ।

एक अर्को प्रसंगमा उनले नेपाली कांग्रेसले पार्टि संगठनलाई सुदृढ बनाएर अघि बढ्ने बताए । त्यसकै फलस्वरुप प्रशिक्षण थालेको भन्दै उनले अवको निर्बाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टि बनाउने पनि दावी गरे । पार्टि भित्रका समस्याहरुको संवादबाट समाधान गरि सशक्त ढंगले अव कांग्रेस अघि बढ्ने उनको भनाई छ ।

उनले आवश्यक परे आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । सरकारी रवैया ठिक नभएको तर्फ संकेत गर्दै उनले जनविरोधी क्रियाकलापहरु बढ्दै गैरहेकोले आन्दोलनमा समेत जानु पर्ने उनको तर्क छ ।

सकियो प्रशिक्षण 

कांग्रेसका चार सय जना महाधिवेशन प्रतिनिधिले दुई दिन प्रशिक्षण लिएका छन । प्रदेश ५ का १२ जिल्लाका चार सय जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको इतिहास, वर्तमान बाम सरकारको कमजोरी, असल नागरिक बन्ने अभियान, कांग्रेससँग नागरिक र नागरिकसँग कांग्रेसका विषयमा प्रशिक्षण लिएका हुन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी महाधिवेशन, उपनिर्वाचन र आगामी निर्वाचनलाई केन्द्रित गरेर महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिएको हो । प्रशिक्षणमा कांग्रेसले अहिलेसम्म आफ्नो नेतृत्वमा गरेका तथा भएका सामाजिक, सांस्कृतिक र राजनीतिक आन्दोलनको विश्लेषण गर्दै प्रशिक्षण दिइएको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षणले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई तेजिलो बनाएको बताए । उनले आगामी दिनमा नेपाली कांग्रेस र कांग्रेसको सिद्धान्त अझै चम्किने उल्लेख गरे । “प्रशिक्षणले नेपाली कांग्रेस भनेको एकदमै सफा खरानी भित्र राम्ररी बोलिरहेको कोइला जस्तै पार्टी हो” उनले भने, “यो प्रशिक्षणले के गर्छ भने खरानी पन्छाउछ र ज्वाला प्रस्फुटन गराउने काम गर्दछ ।”

प्रशिक्षणपछि आगामी सम्पुर्ण निर्वाचनमा सबैभन्दा ठुलो दल बन्ने पक्का रहेको दाहालले बताए । उनले सातवटै प्रदेशमा आयोजना गरिएको प्रशिक्षणले नेपाली कांग्रेसलाई फेरी उर्जाशिल बनाउनुका साथै पार्टीको अभियान गाँउगाँउ सम्म पुग्नेछ भने टोलटोलमा लहर ल्याउने बताए । मुलत अंक गणितीय हार र सैद्धान्तिक विषयका विषयमा पनि प्रशिक्षणमा बहस तथा छलफल भएको प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईले जानकारी दिए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय