ढोरपाटनले तीज विशेष कार्यक्रम गर्ने 

बागलुङ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा  ढोरपाटन नगरपालिकाले तीज विशेष कार्यक्रम गर्ने भएको छ । “महिलाहरु माथि हुने सवै प्रकारका विभेद हटाऔँ, समाज विकासमा महिलाहरुको भुमिकालाई सवल बनाऔँ” भन्ने मूल नारा सहित यहि भाद्र ६ गते श्रीकृष्ण जन्माष्टमीका दिन तिज विशेष कार्यक्रमको आयोजना गरिएको ढोरपाटन नगरपालिकाकी नगर उप–प्रमुख करमती पुनले जानकारी दिईन ।

उनका अनुसार खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता, ६० वर्ष माथिका एकल महिला तथा ७० वर्ष भन्दा माथिका बृद्ध महिला सम्मानलगायतका कार्यक्रमको आयोजना गरिएको छ । 
खुल्ला तिजगीत तथा नृत्य प्रतियोगितामा प्रथम हुनेले रु. २५ हजार, द्धितिय हुनेले रु. २० हजार र तृतिय हुनेले रु. १५ हजार नगदसहित प्रमाण–पत्र प्राप्त गर्ने छन् । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु साथै गीतको माध्यमबाट सामाजिक सचेतना फैलाउने प्रमुख उद्धेश्यले प्रतियोगितामा फरक विषय बस्तुलाई समेट्ने प्रयास गरिएको उनले बताईन । 
कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रमुख अतिथिका रुपमा उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको तयारी तिब्र पारिएको प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय