१६ चैत २०८०, शुक्रबार

सामुहिक बलात्कार गर्ने गुल्मीका ३ युवा कारागार चलान

गुल्मी । केहि दिन अघि सामुहिक बलात्कार गर्ने तीन जना युवा कारागार चलान भएका छन् । गत साउन १७ गते दुई बालिकालाई तीन जनाले बलात्कार गरेका थिए । मदाने गाउँपालिका ७ बस्ने १९ बर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका ६ का २५ बर्षीय सुरज पन्थी र रेनपा ४ का ३२ बर्षीय ओम बहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला अदालत गुल्मीको श्रेष्तेदार कृष्णशरण लामिछानेले जानकारी दिए । अहिलेसम्म संकलित प्रमाणबाट सो मुद्धा पुर्पक्षको मनासिप देखिएकाले न्यायधिश कृष्णप्रसाद पौडेलले मुलुकी अपराध कार्यविधी संहिता, २०७४ को दफा ६७ (१) बमोजिम थुनामा राख्न आदेश दिएका हुन् । 

बालिका बलात्कारको आरोपमा प्रहरीले तीनै जनालाई साउन १८ गते गिरफ्तार गरेको थियो । बालिकाहरु साउन १६ गतेबाट परिवारको सम्पर्कमा थिएनन् । बालिकाका आफन्तले छोरीहरु खोजतलासको लागि प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोज्दै जाँदा बालिकाहरु तम्घासमै फेला पारेको प्रहरी प्रमुख एसपी दिपक बस्नेतले जानकारी दिए । बालिकालाई सोधपुछ गर्दै जाँदा घटनाको थप रहस्य बाहिर आएकाले परिवारको उजुरीको आधारमा मुद्धा चलाएको बस्नेतले बताए । बालिकाले आफुहरुलाई दुई दिनसम्म संगै राखेर बलात्कार गरेको र यस अघि पनि यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बताएका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्