७ बैशाख २०८१, शुक्रबार

४ लाखमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

बाँके। आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोहलपुर नगरपालिका–११ की छ वर्षीया बालिकाको गत असार २१ गते बलात्कार भएको थियो ।

घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसंग रु चार लाख लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुबै पक्षका १० जनालाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्