१६ चैत २०८०, शुक्रबार

सिद्धबाबामा पहिरोले २ जीप पु¥यो, एकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धवावामा पहिरोले दुई जीप पुर्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी दुई जीपमा सवार ६ जना घाईते भएका छन । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ५९३८ जीपको जीपलाई पाल्पाको तिनाउ गाउँपालिका दोभान डेडबक्स नजिकै सडक माथिबाट आउको पहिरोले पुरेको हो । पहिरोले जीप पुर्दा जीप चालक रुपन्देहीका कमल परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

बुटवलतर्फ आउँदै गरको जीपमा चालकसहित ३ जना र पाल्पातर्फ जाँदै गरेको जीपमा चालकसहित ४ जना सवार थिए । घाइतेहरुलाई उपचारका लागि बुटवल पठाईएको छ । पहिरो ठूलो भएकाले सिद्धार्थ राजमार्गमा सवारी साधन अवरुद्ध छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्