गुल्मीमा एक जना मृत फेला

गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । 

२५ दिन पहिलेबाट हराएका पाण्डे मंगलवार बिहान जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । थप अनुसधान भइरहेको प्रहरी निरिक्षक पुनले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय