१५ चैत २०८०, बिहीबार

एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित

बुटवल । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ३–०, दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको नेपालले आज भएको तेस्रो खेलमा बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगाएको छ ।

नेपालले बंगलादेशलाई पहिलो सेटमा २५–७, दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो । आजको खेलमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन् ।

नेपाल यो जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंक रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्