१५ चैत २०८०, बिहीबार

बडिगाड २ मा मनोनयन दर्ता 

जनमोर्चाको समर्थन नेकपालाई 

बागलुङ । वडाध्यक्षको लागि हुने उपनिर्वाचनको लागि बागलुङको बडिगाड गाउँपालिका वडा नं २ मा मनोनयन दर्ता सकिएको छ । मसिंर १४ गते हुने उपनिर्वाचनको लागी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उम्मेद्वारी परेको छ । 

नेकपाका उम्मेदवार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहनुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहनुभएको छ । समाजवादी पार्टीका उम्मेदवार हरिलाल रानाको प्रस्तावकमा शिव बहादुर थापा, समर्थकमा खगि राना रहनुभएको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा बुधबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ का एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ ।

यसअगाडी २०७४ सालमा विजयी वडाध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । मनोनयनको समयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली कांग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याललगायतको सहभागिता रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्