८ बैशाख २०८१, शनिबार

भारतीय विस्तारवाद विरुद्व गल्कोटमा राँके जुलुस 

बागलुङ । छिमेकी मुलुक भारतले नेपालको भु–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यतिबेला देशभर भारतीय विस्तारवादको विरुद्धमा विरोध प्रदर्शनका कार्यक्रमहरु भईरहेका छन् । देशको राजधानी काठमाडौंलगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ ।

विभिन्न विद्यार्थी संगठन राजनैतिक दल एवं अन्य सघंसंस्थाहरुले पनि सरकारलाई खबरदारी गरिरहेका छन । यसै क्रममा बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा शुक्रबार साँझ भारतीय विस्तारवाद विरुद्ध नेपाली कांग्रेस गलकोट नगरपालिका ३ नं वडा समिती र नेपाल तरुण दल गलकोटले सयुंक्त रुपमा प्रदर्शन गरेका छन । 

नेपाली भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले अतिक्रमण गरी आफनो देशको नक्सामा सार्वजनिक गरेको विरोधमा विरोध प्रर्दशन गरिएको हो । लिपुलेक कालापानीको भुमी नेपालको हो र नेपाल मै रहनुपर्छ भन्दै जुलुसलाई सम्बोधन गर्ने वक्ताले यस विषयमा सरकार चुप लागेर बस्न नहुने बताएका थिए ।

उग्रराष्ट्रवादको आडमा सत्तासिन भएको सरकार नेपाली सिमाना अतिक्रमणको विषयमा केही पनि नबोलेको भन्दै नेपाली कांग्रेसले भारतीय विस्तारवादको विरुद्ध दबाब सृजना गर्ने उद्देश्यले हटिया बजारको लोकतान्त्रिक चोकबाट विरोध जुलुस (राँकेजुलुस) निकालेको हो । जुलुसमा भारतिय विस्तारवाद विरुद्ध एक होऔ, कम्युनिष्ट सरकार राजिनामा दे लगायतका नारा लगाएका थिए । 

लोकतन्त्र चोकबाट सुरु भएको जुलुस जिपपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई नेपाली कांगेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेस जिल्ला सदस्य फम बहादुर खत्रीलगायतले सम्बोधन गरेका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्