१५ चैत २०८०, बिहीबार

पर्वतको अलैँचीले पाएन बजार

पर्वत । व्यावसायिक रुपमा अलैँची खेती गर्दै आएका पर्वतका किसान यतिखेर अलैँची बिक्री नहुँदा मर्कामा परेका छन ।

जिल्लाको मोदी, कुश्मा, फलेबास र महाशीला गाउँपालिकामा व्यावसायिक रुपमा अलैँची खेती गर्दै आएका कृषकले अलैँचीले बजार नपाएको गुनासो गरेका हुन । यी क्षेत्रमा झण्डै २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

पर्वतको मोदी गाउँपालिका–१ भूकका किसानले राम्रो आम्दानी हुने भन्दै खरबारी, करेसा र कोदो फल्ने बारी मासेर अलैँची रोपेका थिए । कुनै समय प्रतिमाना रु एक लाख २५ हजारमा बिक्री भएको अलैँची अहिले मुस्किलले रु २३ हजारमा बिक्री गर्न बाध्य हुनुपरेको अगुवा कृषक केवी गुरुङले गुनासो गरे । यहाँ २०० रोपनी जग्गामा अलैँचीखेती गरिएको छ ।

अलैँचीखेती गर्दा करीब  एक करोड खर्च भए पनि बिक्री नहुँदा लगानी खेर जाने अवस्था रहेको उनले बताए । पर्वतमा यस वर्ष २०० मानाअलैँची उत्पादन भएको छ । गतिलो मूल्य नपाउँदा कृषकले अलैँची थन्क्याएर राख्न बाध्य भएका छन । गतिलो मूल्य नपाएपछि घरमै राखिएको भोक्सिङका कृषक नारायण गुरुङले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्