१६ चैत २०८०, शुक्रबार

शिक्षक राष्ट्रको गहना : केसी 

कपिलवस्तु । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिक्षक राष्ट्रको गहना भएको बताएका छन ।  विद्यार्थीको भविष्य बनाउने जिम्मा शिक्षकको हातमा रहेको जिकिर गरे । 

शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै उनले शिवराज नगरपालिका भित्रका शिक्षकहरुको क्षमता अभिवृद्धिसगै शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दिए । अधिवेशनले सक्षम व्यक्तिलाई छनोट गर्ने र सफल कार्यकालको शुभकामना समेत दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले शिक्षकहरु अव एकजुट भएर अधिकार र समस्याका समाधान तर्फ अग्रसर हुनुपर्ने बताए । शिक्षकहरुको अधिकारको लागि लड्ने नेपाल राष्ट्रिय शिक्षक संगठन मात्र रहेकोले यसमा सवै समावेश हुनुपर्ने उनको भनाई छ ।

अधिवेशनले गिरी प्रसाद गैरेको नेतृत्वमा २१ सदस्यीय नयाँ नगर कमिटिको गठन छ । कमिटीको उपाध्यक्षमा प्रकाश अधिकारी, महिला उपाध्यक्षमा शान्ता जिसी, सचिवमा गोपाल भाट, सह–सचिवमा भक्ति पौडेल, कोषाध्यक्षमा ओतीराम ओली र सह–कोषाध्यक्षमा कमला शर्मा चयन भएका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्