हुँगाको धार्मिक आस्था कालिका मन्दिर, संरक्षणमा जुट्दै युवा

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका १ स्थित हुँगेलीहरुको धार्मिक आस्थाको धरोहर कालिका मन्दिर जिर्ण बन्दै गएपछि युवाहरु संरक्षणमा जुट्न थालेका छन् ।

हुँगाको सिर्तुङमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मन्दिर जिर्णोद्धारको अभावमा भत्किने अवस्थामा पुग्न थालेको छ । केही वर्ष अगाडी स्थानीय युवाले देउसीभैलो खेलेर सामान्य मर्मत सहांर गरेपनि निर्माण भएको लामोसमय सम्म मन्दिर एवं पौवाको मर्मत सहांर नहुँदा मन्दिरको अस्तित्व नै मेटिने खतरामा पुगेको थियो ।

गाउँपालिका एवं वडाकार्यालयमा मन्दिर मर्मतका लागि पटक पटक आग्रह गरेपनि गाउँपालिकाबाट मन्दिरलाई वेवास्ता गरेपछि युवाहरु आफै जुटेका हुन् । पटक पटक गाउँपालिकामा धायौँ अरु मन्दिरहरुलाई सोलार प्यानल समेत वितरण गरेको तर गाउँपालिकाकै पुरानो र ऐतिहासिक महत्व बोकेको कालिका मन्दिरलाई भने कसैको आँखा नपरेको स्थानीय युवा सुवास भण्डारीले बताए ।

गाउँपालिकाले सार्वजनिक गरेको २०७५/०७६ को नीति तथा कार्यक्रममा छत्रकोट क्षेत्र लगायत गाउँपालिका भित्रका सबै पर्यटकिय स्थान ,मन्दिरहरुको ऐतिहासीकता खोजी गरि पर्यटकीय आकर्षक गाउँपालिका को रुपमा विकास गरिने बताएपनि आफुहरुको कुरा भने न गाउँपालिकाले न वडाकार्यालयले सुनेको उनले बताए ।

गाउँपालिकाले वेवास्ता गरेपनि आफै केही गर्नुपर्छ भन्ने भावनाले अहिले आफुहरुले मन्दिरको भौतिक संरचना पुननिर्माणका लागि चन्दा अभियान सुरु गरेको बताए । कालिका मन्दिरको अस्तित्व मेटिन नदिन सबैले सहयोग गर्नुपर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराम न्यौपानेले बताए ।

आफुहरुले सुरु गरेको अभियानमा अहिलेसम्म ९० हजार रुपैयाँ आर्थिक सकंलन भैसकेको उनले बताए । सिर्तुङ निवासी हाल कुबेत रहेका हिरामणी भण्डारीले नगद ५० हजार सहयोग गरेका छन्  त्यस्तै उनका भाई डा. सुर्यमणी भण्डारीले २० हजार र त्यहाँ स्थित एक आमा समुहले २० हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । अन्य भक्तालुहरुलाई पनि सहयोग गर्न उनले आग्रह गरे । सहयोग गर्नका लागि मन्दिरको सेन्चुरी बैकं शाखा भेँडुवामा रहेको खाता नं ११७०००००४५ सीएमा रकम जम्मा गरी सीर्तुङ समाजको फेसबुकमा जानकारी गराउन पनि उनले आग्रह गरे ।

हरेक वर्ष चैतेदशैका अवसरमा उक्त मन्दिरमा पुजाआजा हुनुका साथै सराय नाँच समेत हुँदै आएको छ । त्यस क्षेत्रका बासिन्दाले घरमा केही अन्नबाली भित्र्याउँदा पहिले कालिका मातालाई चढाएर खाए मात्रै अन्नको भरिपूर्ण हुने विश्वास गर्दै आईरहेका छन् । त्यस्तै कालिका माताको दर्शन गर्नाले आँटेको कुरा पुग्ने विश्वास पनि रहीआएको छ ।

प्राप्त प्रतिकृयाहरू

yubraj Bhandari लेख्नुहुन्छ (२०७६ मङ्सिर १ आइतबार १:५४ pm )

आउनुहोस हामी सबै मिलि यो इतिहास बोकेको मन्दिर लाई नेपाल सामु चिनाउ

Pradip bhandari लेख्नुहुन्छ (२०७६ मङ्सिर १ आइतबार ०८:०० am )

I will fully support kalika temple

Prakash Neupane लेख्नुहुन्छ (२०७६ मङ्सिर १ आइतबार ००:४५ am )

I support this teem

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय