गाउँमै प्राविधिक विषय पढ्न पाएपछि प्युठानका विद्यार्थी खुसी

प्युठान । लाखौं रुपैया खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने झिमरुक क्षेत्रका विद्यार्थीलाई सहज भएको छ । बालशिक्षा माध्यमिक विद्यालय झिमरुक गाउँपालिका ५ मच्छी प्यूठानले यसै शैक्षिक शत्रदेखि सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि विद्यार्थी तथा अभिभावकहरुलाई सहज भएको हो ।

प्राविधिक धारमा कक्षा नौ देखि १२ सम्म असिस्टेन्ट सब इञ्जिनियर र सब इञ्जिनियरको पढाइ गाउमै सञ्चालन भएपछि विद्यार्थी र अभिभावक सुखी भएका छन् । जिल्ला बाहिर गएर झन्डै ८/१० लाख रुपैयाँ खर्च हुने गरेकोमा अब बढीमा एक लाख रुपैयाँमा विद्यार्थीले पढाइ पूरा गर्न सक्ने विद्यालयले जनाएको छ । 

भृकुटी मावि लिवाङमा कक्षा ८ सम्म पढेका गौमुखी गाउँपालिका ६ लिवाङका समर्पण झाँक्री मगरले यस वर्षदेखि प्राविधिक विषय पढिरहेका छन् । आफ्नै गाउघरमा कम खर्चमै प्राविधिक शिक्षा पढ्न पाईने भएपछि कक्षा नौ देखि भने प्राविधिक धार रोजेको मगरले बताए । 

प्रधानाध्यापक विष्णुप्रसाद शर्माका अनुसार बालशिक्षासहित १४ वटा विभिन्न विद्यालयका विद्यार्थीले प्राविधिक शिक्षा पढिरहेका छन् । जिल्लामा सिभिल इञ्जिनियरसँगै कृषि तथा बालीविज्ञानमा समेत पढाइ भइरहेको छ । 
अन्नपूर्णबाट
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय