८ बैशाख २०८१, शनिबार

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

मुस्ताङ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

निर्माणधिन बेनी – जोमसोम सडकबाट एचपि ५८ ए ३८६० नम्बरको मोटरसाईकल अनियन्त्रित भई  ३ सय मिटर तल कालिगण्डकी नदीमा खसेको मुस्ताङका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको ६० वर्षीय स्कटल्याण्डका पर्यटक फानीको आईतबार साझ नै एयर डाईनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा पुर्याएपनि उपचार गर्ने क्रममा मृत्यु भएको हो । दुर्घटना आईतबार दिउसो ३ बजे भएको थियो ।

मुस्ताङ यात्रामा रहेका मोटर साईकलमा सवार फानीको अनुहार र हातमा गम्भिर चोटपटक लागेको थियो । दुर्घटनामा परी ज्यान गुमाएका स्कल्याण्डका पर्यटक फानी सहित उनका ८ जना साथीहरु मोटरसाईकल चढेर मुस्ताङ आउदै गरेको प्रहरीको भनाई छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्