१६ चैत २०८०, शुक्रबार

दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता सुरु 

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकामा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता आईतबारदेखि सुरु भएको छ । सातै प्रदेशका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगीता दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको पहिलो दिन आईतबार एकल तथा सामुहिक काँटा प्रदर्शन भएको छ । 

कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का संघिय साँसद देवेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै सांसद पौडेलले देशलाई एकतावद्ध बनाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेल आयोजना गर्ने बडिगाड गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय कवड्डी प्रतियोगीताका विजेता वासु वस्याललाई सम्मान गरिएको थियो । आयोजक संगै ८ टिमको सहभागिता रहने राष्ट्रिय सितोरियो कराँते खेल बडिगाड गाउँपालिकाको खार वजारमा चलिरहेको छ । प्रतियोगिताको लागि देश भरवाट २ सय १० जना भन्दा वढि खेलाडि, १६ जना प्रशिक्षक, अन्तराष्ट्रि १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहेको कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए । 

उद्घाटन पूर्व पञ्चैवाजा सहित खेलाडि, प्रशिक्षक सहितको सातै प्रदेशको टोली प्रभातफेरीमा सहभागि भएको थियो । कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २२ लाख ५० लाख विनियोजन गरेको छ ।

प्रतियोगीतामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रत्येक सहभागि टिमलाई खान वस्नको व्यवस्था सहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । गत वर्ष विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागि हुन नसकेको बताइएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्