१६ चैत २०८०, शुक्रबार

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

६२ प्रतिशत मात्र उतिर्ण

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन) को नतिजा सार्वजनिक गरेको छ । शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्टार विन्दा घिमिरेका अनुसार परीक्षामा १ हजार ६ सय ८ परीक्षार्थी सहभागी भएकामा ८ सय ७१ मात्र उत्तीर्ण भएका थिए । गत असारमा लिइएको २२औँ परीक्षामा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वर्षको तीनपटक नाम दर्ता परीक्षार्थी सञ्चालन गर्ने गर्दछ ।

अनुत्तीर्ण परीक्षार्थीले पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिन सकिने र आगामी परीक्षा चैत महिनामा सञ्चालन हुने काउन्सिलले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्