१६ चैत २०८०, शुक्रबार

बिल गेट्स पुनः संसारकै धनी 

बुटवल । अघिल्लो वर्ष दोस्रो स्थानमा झरेका माइक्रोसफ्ट कम्पनीका संस्थापक ६४ वर्षीय बिल गेट्स पुनः संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।  ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार उनी सन् २०१७ पछि सबैभन्दा धनी व्यक्ति बनेका हुन् । गेट्सको सम्पत्ति १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ । माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको हो ।

सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । जेफ अहिले दोस्रो नम्बरमा झरेका छन् । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको सो पत्रिकाले जनाएको छ । बेजोस दोस्रो नम्बरमा हुनुको कारण श्रीमतिसँगको सम्बन्ध विच्छेद पनि हो । गत अप्रिलमा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । त्यतिबेला उनले आफ्नो सम्पत्तिको २५ प्रतिशत श्रीमतीलाई दिनुपरेको थियो । सम्बन्ध विच्छेद हुँदा उनले ३५ अर्ब डलर श्रीमतीलाई दिएका थिए । सो रकम दिनु नपरेको भए उनीसँग १ सय ४४ अर्ब डलर हुने थियो ।

विश्वकै धनी व्यक्तिको तेस्रो सूचीमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन् । सो पत्रिकाका अनुसार उनी १ सय ३ अर्ब अमेरिकी डलरका मालिक हुन् ।

वारेन वफे चौथो नम्बरमा परेका छन् । उनीसँग ८६ अर्ब बराबर डलरको सम्पत्ति रहेको छ ।

चर्चित सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्ग ७५।५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्