६ बैशाख २०८१, बिहीबार

बाँकेमा धान खरिद शुरु

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेले किसानसँग धान खरिद गर्न शुरु गरेको छ ।

बाँके कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैया खरिद मूल्य निर्धारण गरेसँगै धान खरिद सुरु गरेको हो ।

चालु आर्थिक बर्षमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य अनुसार कात्तिक २७ गतेदेखि खरिद शुरु गरेको बाँके कार्यालयले मोटा र मध्यम गरी करिब १ हजार ७ सय क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्