७ बैशाख २०८१, शुक्रबार

गुल्मीका संघसंस्थाले गरे न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिवद्धता

गुल्मी । जिल्लामा पहिलो पटक न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा सदरमुकाम तम्घासमा रहेका बिभिन्न बैंक, बित्तिय संघसंस्थाहरुको सहभागितामा न्यूनतम पारीश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नेबारे छलफल भएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले न्यूनतम पारीश्रमिक कार्यान्वयन गरे/नगरेको बारे जानकारी लिएका थिए । उनले धेरै संघसंस्थाले सरकारले तोकेको न्युनतम पारिश्रमिक लागु नगरेको पाईएकोले अनिवार्य कार्यन्वयनका लागि आग्रह गरे ।

सरकारले कामदारले न्यूनतम मासिक १३ हजार ४५० रुपैयाँ तोकेको छ । दैनिक ज्यालादारी गर्ने कामदारले ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ पाउनुपर्ने व्यवस्था छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७६ साल साउन ३१ गते सूचना जारी ग।प् न्यूनतम पारीश्रमिकको व्यवस्था गरेको थियो । 

छलफलमा सहभागी बिभिन्न संघ संस्थाहरुका प्रमुखहरुले न्यूनतम पारीश्रमिक र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए  । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्