७ बैशाख २०८१, शुक्रबार

जनताका चाहना पुरा गर्न कुनै कसुर बाँकी राख्दिन : शाही

बागलुङ । नेपाल कम्युनिष्ट पार्टि नेकपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको बाम गठबन्धनले बिहिवार तमानखोलाको खुखांनीमा चुनावी सभा गरेको छ । 

तमानखोला गाउँपालिका ५ खुखांनीमा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीले जनताको काम इमान्दार भएर गर्ने प्रतिवद्धता जनाए । उनले खुङखानीका जनताको पीडा र समस्या आफूले नजिकबाट बुझेको बताउँदै जनआकांक्षा र अपेक्षा अनुसारको काम गर्न बामउम्मेदवार भएर आएको बताए । 

ग्रामीण क्षेत्रका जनताको मुलभूत आवश्यकताको पहिचान गर्ने, किसानमुखी कार्यक्रमहरु ल्याउन पहल गर्ने, गाउँ वस्तिमा खानेपानी, सडक, विजुली निर्माण र स्वास्थ्य शिक्षाका लागि राज्यको उपस्थिति हुने गरि योजना बनाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
 
सभामा नेपाल कम्युनिष्ट पार्टि नेकपाका गण्डकी प्रदेश सहइन्चार्ज यसोदा शर्माले नेपालको राजनीतिमा हस्तक्षेपकारी प्रतिक्रियाबादी शक्तिहरूले प्रतिगमन पुन आगमन गराउन पहल गरिरहेको बताईन । उनले आफ्नो स्वार्थका लागि प्रगतिशिल पार्टिहरुलाई लागी फुटाऊ र हत्याऊ अनी राज गर भन्ने निती ल्याएकाले बाम गठबन्धनको जित अपरिहार्य रहेको बताईन् । उनले पश्चिम बाग्लुङबासीले चाहेबमोजिमको जनमुखी कार्यक्रम ल्याउन कम्युनिष्ट पार्टिका उम्मेदवार शाहीलाई मतदान गर्न आग्रह गरिन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभाका सांसद पियारी थापाले दलित जनजाति र महिला अधिकारसंगै पिछडिएको समुदायको सबाल ऊठाउन बामशक्तिहरु एकतावद्ध भएको बताएकी छन । 

संयुक्त बाम गठबन्धनको चुनावी सभा, प्रचार प्रसार, जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा जारी छन । गठबन्धनको वृहत चुनावी सभाको प्रचारात्मक कार्यक्रम पनि भइरहेको जनाइएको छ ।

यही मंसिर ७ गते शनिवार, नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष एव्म पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी र नेकपाका महासचिव एवंम पूर्व अर्थमन्त्री विष्णु पौड्यालले सम्बोधन गर्ने गरी बुर्तिबाङ बजारमा वृहत चुनावी सभाको आयोजना गरिएको निर्वाचन कार्यालयका सदस्य तिलक थापाले जानकारी दिए ।

यसैबीच नेकपाका विद्रोही उम्मेद्वार बनेका शेरमान घर्ति बाम गठबन्धनका साझा उम्मेदवार खीम विक्रम शाहीको प्रचार प्रसारमा लागि खटिरहेका छन । नेकपाले कारवाही गरेका नेताहरु तुल्सी अर्याल र ददीराम अर्याल भने शेरमान घर्तिको चुनाव चिन्ह लिएर प्रचारात्मक अभियानमा लागेको देखिएको छ । उम्मेदवारले आफ्नो उम्मेद्वारी त्यागेको विज्ञप्ति निकालेर बाम उम्मेदवारलाई सघाउने प्रतिवद्धता जनाएको अवस्थामा आफ्नो नामबाट भ्रमको खेति भएको, विभिन्न ठाउँमा अपमानजनक कुराहरु बोल्दै गरेको आफूलाई थाहा हुन आएको बताउँदै घर्तिले अनावश्यक भ्रम जनतामा नबाँड्न र आफ्नो बदनाम गर्ने हैसियतबाट टाढा रहन समेत आग्रह गरेका छन ।  घर्तिले आफूले उम्मेदवारी नै त्यागेको अवस्थामा जनतामा गलत भ्रमको खेति नचलाउन र जनतालाई समेत भ्रमित नहुन आग्रह गरे ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्