८ बैशाख २०८१, शनिबार

बागलुङ जीप दुर्घटना : मृतक सवैको सनाखत

घाईतेलाई हेलिकप्टरमा लिएर काठमाडौं लागे सांसद विष्ट

बागलुङ । बागलुङमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ ।  गुल्मीको इस्मा गाउँपालिका ५ दोहोली पैयुँबोटबाट बागलुङको निसिखोला गाउँपालिका २ देविस्थान बायोखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ घोपर्नामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।  

गुल्मीको इस्माबाट २४ जना जीपमा सवार रहेको र बीचमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्कोमा पठाएको थियो । दूर्घटनाग्रस्त जीपमा १८ जना सवार रहेको बताइएको छ ।

जीपमा सवार सबै गुल्मीबाट कुल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिका हिँडेका थिए । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

दूर्घटनामा परेकालाई लिन दूर्घटनास्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद् एवं पूर्वमन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाइतेलाई काठमाडौं लगेका थिए । विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दूर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षति पुगेको जनाए । 

सिट क्षमता भन्दा बढी यात्रुहरु राख्दा जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

याे पनि - बागलुङको बडिगाडमा जीप दुर्घटना : १४ जनाको मृत्यु, ३ गम्भिर

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्