८ बैशाख २०८१, शनिबार

मलेसियाले निम्न क्षेत्रका लागि माग्यो नेपाली कामदार

काठमाडौं । मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको छ ।

समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको करिब एक महिनापछि मलेसियाले यति ठूलो संख्यामा नेपाली कामदार मागेको हो ।

मलेसिया सरकारबाट मागपत्र प्रमाणीकरण भइ अक्टोबरको पहिलो साता मलेसियास्थित नेपाली दूताबासमा प्राप्त भइसकेको छ, भने दूताबासले पनि बैदेशिक रोजगार विभागमा सिफारिस गरिसकेको छ । 

मागपत्र फाइल

संख्या -९६३

माग भएको श्रमिक संख्या - ३१ हजार २ सय १

औद्योगिक क्षेत्र - १७ हजार १ सय १६

सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १ हजार १ सय ८३

कृषि क्षेत्र - १ हजार ४ सय ७५

प्लासन - १ हजार ३ सय ९७

निर्माण - १ हजार ३०

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्