७ बैशाख २०८१, शुक्रबार

पाल्पाको केराबारीमा जीप दुर्घटना, २ जनाको मृत्यु 

पाल्पा । जिल्लाको तिनाउँ गाउँपालिका ५ चौविस माईलमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटबलबाट पाल्पा जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । 

दुर्घटनामा जीपका चालक रैनादेवी छहरा ५ मुझुङ्गका २५ वर्षका दिलिप बम्रेल र सहचालक रैनादेवी ४ का २४ वर्षका कृष्ण कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

जीप सडकबाट झण्डै २ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्