८ बैशाख २०८१, शनिबार

बागलुङको खर्वाङमा ८ वर्षीया बालिका बलात्कृत

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बस्दै आएको ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्ती गरेका हुन् ।

बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछि प्रहरीले राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

आरोपित राई र बालिकाका बुवासँगै मजदुरी गर्ने र एउटै घरमा बस्दै आएको प्रहरीको भनाई छ । राई विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्