७ बैशाख २०८१, शुक्रबार

भ्वाइस अफ नेपालको फाइनल आज

बुटवल ।  आज चर्चित सो  ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको फाइनल हुँदैछ । फाइनलमा चार जना प्रतिस्पर्धी राम लिम्बू, विकास लिम्बू, सनिष श्रेष्ठ र आरिफ रौफ पुगेका छन् । 

राम लिम्बू कोच प्रमोद, कोच दीप श्रेष्ठको टिमबाट विकास लिम्बू, राजु लामाको टिमबाट शनिस श्रेष्ठ र कोच आस्थाको टिमबाट आरिफ रौफ फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलबाट सञ्जय महत, गीता शर्मा, मेचु धिमाल र याङ्की यल्मो बाहिरिएका थिए । 

काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा हुने ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिने छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्