८ बैशाख २०८१, शनिबार

गुल्मीमा एकजनाको जमानत जफत

गुल्मी । मंसिर १४ गते भएको उप–निर्वाचनमा गुल्मीमा एकजनाको धरौटी जफत भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार मन बहादुर दर्लामीको धरौटी जफत भएको हो ।

रिमुवामा कुल मतदाता दुई हजार ४८ मध्ये एक हजार ५४४ मत खसेको थियो । जसमा १४ मत बदर भई कुल एक हजार पाचँ सय ३० मत सदर भएको थियो । निर्वाचनको नियमअनुसार कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने गर्दछ । जसअनुसार प्रत्येक उम्मेदवारले आफ्नो धरौटी जोगाउन न्यूनतम १५३ मत ल्याउनु पर्दथ्यो ।

तर दर्लामीले एक मत अर्थात ०.०००६ प्रतिशत मत ल्याएका थिए । दर्लामीले धरौटीस्वरुप बुझाएको एक हजार रुपैँया जफत भएको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्