७ बैशाख २०८१, शुक्रबार

पीएसएल : बिकेनन् सन्दीपसहित कुनै पनि नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) मा नेपालका कुनै पनि खेलाडी परेनन् । नेपालबाट पीएसएलको ड्राफ्टमा ७ खेलाडी रहेका थिए । जसमा सन्दीप लामिछाने प्लाटिनम समूहमा रहेका थिए । 

यस्तै सिल्भर क्याटेगोरीमा पूर्व कप्तान पारस खड्कासहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए । जसको मूल्य १५ देखि ३५ हजार अमेरिकी डलर रहेको थियो ।

लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्वाटगेरीमा थिए । प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार दखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । सन् २०१८ को आईपीएलपछि सन्दीप ड्राफ्टमा परेर पनि नबिकेको यो पहिलो पटक हो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्