४ बैशाख २०८१, मंगलबार

शिव महापुराण सम्पन्न

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका ७ तिपेनीमा आयोजित शिव महापुराण सम्पन्न भएको छ । यहि मंसिर १२ गते देखि संचालन भएको पुराण आज २२ गते सम्पन्न भएको हो । २०७२ सालको भुकम्पमा मन्दिर भत्किएपछि उक्त मन्दिरलाई पुन निर्माण गर्ने उद्देश्यले पुराणको आयोजना गरिएको मुल समारोह समितिकि अध्यक्ष गंगा श्रेष्ठले बताउनुभयो ।

पंडित पुरुषोतम अधिकारीबाट कथा बाचन भएको पुराणको अबसरमा मन्दिर पुन निर्माणका लागि सहयोग गर्ने भक्तलाई सम्मान समेत गरिएको थियो । पवित्र इन्द्रवति, महादेव र तिपेनी खोलाको संगम स्थलमा त्रिवेणीश्वर मन्दिर निमार्ण गरी त्रिवेणी धामका रुपमा विकाश गर्न लागिएको सचिव कल्पना पंडित (खनाल) ले स्पष्ट पार्नुभयो ।

कार्यक्रमको अबसरमा बोल्दै गाउँपलिकाका अध्यक्ष टासी लामाले यो स्थान पवित्र रहेको बताउनुभयो । लामाले बृद्धाआश्रम बनिसकेको र केहि समयमै करिब ७ करोडको लागतमा १५ शैयाको अस्पताल र शिव मन्दिर पनि यहि स्थानमा बन्न लागेकोमा खुसि व्यक्त गर्दै यसले पर्यटन बर्षलाई पनि सहयोग पुग्ने बताउनुभयो ।

भनि नढाट्नु गरि आट्नु भन्दै आफुले अहिले नै यति भनेर नभन्ने र मन्दिर निर्माणमा अपुग रकम गाउँपालिका बाट सहयोग गर्ने बताउनुभयो । महापुराणमा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी सल्लाकार माध्व प्रसाद पाण्डे, वडाका वडा अध्यक्ष लगाएत हजारै भक्तजनको उपस्थिती रहेको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्