८ बैशाख २०८१, शनिबार

पुराना सामग्रीको विक्रीले आम्दानी बढायो

दाङ । राजनीति, समाजसेवा र अधिकारकर्मीको परिचय बनाएकी सुशीला पौडेल हिजोआज गाउँघरमा उत्पादित सामग्री खोज्न तल्लिन छन् । उनले पुराना सामग्रीको सङ्कलन  गरी बिक्री केन्द्रसमेत स्थापना गरेकी छन् ।  

पौडेलले पछिल्लो पुस्ताले बिर्सन लागेको चिउरीको घिउ, सिन्की, मकै, कोदो, फापरको पीठो र सातु बिक्री केन्द्रमा राखेकी छन् ।  साल र मालुका पातको टपरी, टपरी गास्न आवश्यक पात, बाँसको सिन्का , बेसार, गाईको घिउ जस्ता सामग्री केन्द्रमा रहेका छन् । बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रोसहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ । 
 
 “रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट कोदो, फापर, आटो, पीठो, सिन्कामारी खोजेर ल्याउने गर्छु” उनले भनिन् । उनले तरकारी, अचार मसला,  मह, चुक, तील, फूल र दुबोको माला पनि माग अनुसार पु¥याईरहेकी छन् । “मैले सीप भएर पनि बजार पाउन नसकेका महिलाको उत्पादनलाई उपभोक्तासम्म पु¥याउन केन्द्र स्थापना गरेको हुँ” उनी भन्छिन्, “हाते सीपको प्रयोग गरेर बुनेका स्वीटर, मकैको खोस्टोबाट बनाइएका चकटी, चोयाका सामग्री  राख्ने सोच बनाएको छु ।” 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्