८ बैशाख २०८१, शनिबार

गुल्मीमा ४ महिनामा दुर्घटनाबाट ३० जनाले गुमाए ज्यान

गुल्मी । पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । पछिल्लो समय दिनहुँ जसो हुने सवारी दुर्घटनाले कतिको काख रित्तिएको छ त कतिको जिन्दगी नै तहसनहस भएको छ । जिल्लाको पछिल्लो अवस्थालाई हेर्ने हो भने सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएका छन् । 

गुल्मीमा पछिल्लो ४ महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३० जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्कमा छिमेकी जिल्ला या अन्य ठाउँमा भएका सवारी दुर्घटनामा परेर ज्यान गुमाएका गुल्मेलीहरुलाई पनि समेटिएको छ । 

यस आर्थिक बर्षको पछिल्लो चार महिनामा गुल्मीमा मात्रै भएका १० वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । गुल्मीबाट बाग्ल्ुङ्गको लागि जाँदै गरेको जीप दुर्घटनाका मृतकको संख्या जोड्दा पछिल्लो चार महिनामा ३० जना गुल्मेलीको सवारी  दुर्घटनाका कारण मृत्यु भएको छ ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सई प्रविण पोखरेलले आर्थिक बर्ष २०७३/०७४ मा २१ वटा सवारी दुर्घटना हुँदा ११ जना मानिसले ज्यान गुमाउनु परेको र ४२ जना घाईते भएको बताए । त्यस्तै दोश्रो आर्थिक बर्ष २०७४/०७५ मा १४ वटा सवारी साधन दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने ५० जना घाईते भएका थिए । 

तेश्रो आर्थिक बर्ष २०७५/७६ मा २९ वटा सवारी  दुर्घटनामा १९ जनाको मृत्यु र ४६ जना घाईते भएका छन् । यो तथ्याङ्कलाई हेर्दा गुल्मीमा पनि सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ ।

दुर्घटनाको कारणहरु मध्ये क्षमताभन्दा बढी यात्रु राख्नु, मापसे गरेर सवारी साधन चलाउनु, चालकको लापरवाही, गाडीको प्राविधिक समस्या, ट्राफिक नियम उल्लघंनलगायत रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्