६ बैशाख २०८१, बिहीबार

झोले चिकित्सकविरुद्ध मुद्दा

बाँके । जिल्लाको नरैनापुर–५ का एक स्वघोषित चिकित्सकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । चिकित्सकको उपचारकै कारण दुईको मृत्यु भएको आशंकापछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो । यद्यपि, आरोपित चिकित्सक भने फरार छन् ।

मंसिर दोस्रो साता ‘झोले चिकित्सक’ भारत श्रावस्ती जिल्लाको मनकौराका राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बाँके र औषधि व्यवस्था विभागले समेत मेडिकलमा छापा मारेको थियो ।

त्यसक्रममा दुई औषधि पसललाई नियन्त्रणमा लिएको र एउटा औषधि पसललाई बन्द गरिएको थियो । अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा बोल्न नमिल्ने भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्