७ बैशाख २०८१, शुक्रबार

गाउँमा विद्युत लाइन विस्तारको काम सुरु भएपछि स्थानीय खुसी

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत प्रसारण लाइन विस्तारको काम सुरु भएको छ । ठेकेदारको ढिलाइका कारण लामो समयसम्म रोकिएको १३२ केभीको प्रसारण लाइन विद्युतको खम्बा गाडेर विस्तारको काम सुरु गरिएको हो । बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाडदा बस्तीमा विद्युत सेवा पु¥याउन सकिएको थिएन । 

गाउँमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुवात भएपछि स्थानीयहरु खुशी भएका छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पार्वती पुन उषाले पोल गाड्ने कार्यको शिलान्यास गरे । राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुईमा एक वर्षभित्र काम सक्ने गरी विद्युत लाइन विस्तारको ठेक्का रेणु निर्माण कम्पनीलाई दिइएको छ । 

सो निर्माण कम्पनीका प्राविधिक भरतबहादुर खत्रीले एचटी लाइन १५ दशमलव दुई किलोमिटर र एलटी लाइन १६ किलोमिटर विस्तार गरिने जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्