८ बैशाख २०८१, शनिबार

सिसाखानीबाट स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम सुरु

बागलुङ । स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम बडिगाड गाउपालिका ३ सिसाखानीबाट शुभारम्भ भहेको छ । आम जनताको स्वास्थ्यलाई लक्षित गरि कार्यक्रम शुभारम्भ भएको हो । 

जिल्लाको १० वटै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनताप्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुशासनको निम्ती यो कार्यक्रम आयोजना गरिएको हो । 

गलकोट सामुदायिक सेवा केन्द्रको आयोजना तथा बडिगाड गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, स्वास्थ्य चौकी व्यवस्थापन समितिसँग अन्तरकक्रिया, दोस्रो चरणमा सिसाखानी स्थित स्यालाको दलित बस्ती र हातेमालो आमा समुहसँग सामुहिक अन्तरक्रिया तथा छलफल, तेस्रो चरणमा स्वास्थ्य चौकी र स्थानीयसँग तथ्याङ्क संकलन र चौथो चरणमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेला सम्पन्न भएको छ । 

अन्तरक्रियामा गलकोट सामुदायिक सेवा केन्द्रका सामाजिक परिक्षक मञ्जु शर्मा चालिसे र थम्मन थापा सन्देशले सहजीकरण गर्नु भएको थियो । 

अन्तरक्रियामा सेवाग्राहीले सिसाखानी स्वास्थ्य चौकीमार्फत हाल प्राप्त सेवाहरु सन्तोषजनक रहेको, सेवा प्रवाहमा विभेद नरहेको र अब खानेपानीको सहज व्यवस्थापसँगै स्वास्थ्य चौकीमा प्रसुती गृह बर्थिङ सेन्टर आवश्यकता रहेको रहेकोले यसको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए । 

कार्यक्रममा उपभोक्ताका जिज्ञासाहरुको सिसाखानी स्वास्थ्य चौकीका प्रमुख किरण बाबु भुजेल र वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खडग पुनले जवाफ दिनुभएको थियो । 

वडाध्यक्ष पुनले सिसाखानीमा छिट्टै बर्थिङ सेन्टरको स्थापना, खानेपानीको समस्यालाई समाधान गर्न लिफ्टिङमार्फत खानेपानीको योजना वडाले अगाडी बढाईसकेको जानकारी समेत गराउनु भएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्