१६ चैत २०८०, शुक्रबार

“जिवन नै सकिए झै लाग्थ्यो”

बलिउडमा यस्ता कयौँ प्रेमी जोडीहरु छन जसको प्रेम दिगोरुपमा चलिरहेको छ । कसैले त्यो सम्बन्धलाई बिवाहमा परिणत गरे भने कसैको प्रेम केही समय पनि टिकेन । 

यस्तै प्रेम नटिकेको जोडीमा पर्छन कैटरिना कैफ र रणबीर कपुरको । कुनै समय गहिरो प्रेम सम्बन्धमा रहेका रणबीर र कैटरिनाको प्रेम जासुस फिल्मसम्म आईपुग्दा ब्रेकअप भईसकेको थियो । यी दुईबीच के कारणले ब्रेकअप भयो भन्ने नखुले पनि कैटरिनाले रणबीरसंगको ब्रेकअपको पीडा अझै भुलेकी छैनन । 

रणबीर यतिबेला आलिया भट्टसंग प्रेममा छन तथापी कैटरिनाले रणबीरसंगको प्रेम र ब्रेकअपको बारेमा खुलेर बोल्न थालेकी छिन । उनले हालै दिएको एक अन्तरवार्तामा रणबीरसंग ब्रेकअप हुँदा असह्य पीडा भएको र आफनो जिन्दगी नै सकिन लागेको महसुस भएको बताएकीछिन ।

उनले भनिन “जब केही राम्रो चलिरहेको थिएन तब मलाई लाग्थ्यो यस्तो किन भयो । तर मैले यसलाई भिन्न तरिकाले लिए । ब्रेकअप त भईहाल्यो । यो संसारको सबैभन्दा नराम्रो कुरा हो । मलाई लाग्थ्यो की मेरो जिन्दगी नै सकियो । मलाई ब्रेकअप भएको वास्तविकतालाई मनन गर्न निकै समय लाग्यो । त्यतीबेला मैले सोच्न सकिरहेको थिईन” ।

उनले अगाडी भनिन “भगवानमाथि भरोसा छ भने तपाईलाई फेरी पनि सबैथोक राम्रो लाग्न थाल्छ । यदि युवतीहरु मेरो कुरा सुनिरहेका छन भने मैले यो सब भन्नै पर्छ । उनीहरुले मेरो अनुभव सुनाएर केही मद्धत मिलोस । जीवनमा सबैकुरा सिक्न आवश्यक रहेको भन्दै उनले एक दिन मस्त सुतेर बिहान उठ्दा सबै कुरा ठिक हुँदैन त्यसका लागि मेहनत र संघर्ष गर्नु पर्छ जुन मैले गरे ।” 

रणबीरसंग ब्रेकअपपछि कैटरिना यतिबेला सिंगल नै रहेकीछिज । कुनै समय कैटरिना र सलमानको पनि प्रेम सम्बन्ध रहेको भन्दै खुबै चर्चामा आएको थियो । तर उनीहरुको अहिलेसम्मको सम्बन्ध हेर्दा उनीहरु मिल्ने साथी भएको बताईन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्